Wednesday 8th May 2024

Notice

Mar 16, 2020
posted by: SSMC Chitwan

Exam Schedule: 4 Years B.Sc., B.B.S. & B.Ed. 4th. Year 2077

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 परीक्षा समयः दिवा १:०० बजेदेखि ४:०० बजेसम्म

4 Year's B. Sc. IV Year

Date Subjects/Code No.
2077/01/16 Code No. 401; Bot. Chem.Env. Sc. Geology Meteorology Math. Microbiology Physics Stat. Zoology
2077/01/18 Code No. 404; Mathematics
2077/01/22 Code No. 403; Bot. Chem.Env. Sc.Geology Meteorology Math. Microbiology Physics Stat. Zoology
2077/01/24 Code No. 402; Mathematics
2077/01/28 Code No. 407; Interdisciplinary:  Bot. Chem.Env. Sc. Geology Meteorology Math. Microbiology Physics Stat. Zoology
2077/01/30 Code No. 405; Applied Science:  Bot. Chem. Env. Sc. Geology Meteorology Math. Microbiology Physics  Stat. Zoology
2077/02/01 Code No. 408; Computational Course
2077/02/04 Code No. 408 Math. (Mathematical Eco.)
2077/02/05 Code No. 409; Mathematical Modeling

4 Year's B. B. S. IV Year

Date Subjects/Code No.
2077/01/17 MGT-220 Entrepreneurship and Enterprise Development
2077/01/21 MGT-221 Business Research Methods
2077/01/23 ACC-250 Accounting for Banking FIN- 250 Fundamentals of Corporate Finance MKT- 250 Fundamentals of Selling MGT- 250. Entrepreneurship and Small Business Management
2077/01/26 ACC-251Accounting for Business FIN- 251 Commercial Bank Management MKT -251 Customer Relationship Management MGT- 251 International Business
2077/01/29 ACC-252Advanced Financial Accounting FIN- 252 Foundations of Financial Institutions and Market MKT 252 Foreign Trade and Export Management in Nepal MGT- 252 Management of Industrial Relations
2077/01/31 ACC-253Advanced Auditing FIN -253. Fundamentals of Investment MKT -253 Fundamentals of Advertising MGT- 253 Productivity Management
2077/02/02 ACC-254 Budgeting and Controlling of Profit FIN- 254 Insurance and Risk Management MKT- 254 Fundamentals of Services Marketing MGT -254 Quality Management

4 Year's B. Ed. IV Year

Date Subjects/Code No.
2077/01/16 Compulsory Subjects / Code No. Ed.442 (Classroom Instruction) / Ed.443 ICT in Edu. / Hist.Ed.444 (ICT in Hist.Edu.)/ Math. Ed.444 (ICT in Math.Edu.) / Sc. Ed.444 (ICT in Science Edu.)
2077/01/18 Major Subjects / Code No. 445 Nep. Ed. (cg';Gwfg ljlw_ / Eng. Ed.( Research Methodology in Eng. Edu.)/ Math. Ed. (Linear Algebra & Vector Analysis)/ Sc. Ed. (Chemistry IV) / HP. Ed. (School Health Program & Community Health Survey)/ Pop. Ed. (Fundamentals of Ageing)/ Geo. Ed. (Geo. of Environment, Hazard & Disaster Mgmt.)/ Eco. Ed. (Managerial Eco. & Research in Eco.Edu.) / Hist. Ed. (Dawn of Democracy in Nepal (1950 to 2006) Pol. Sc. Ed. (Human rights & Social Justice) / Ed. PM. (School Mgmt. Practices)
2077/01/22 Major Subjects Code No.446 Nep. Ed. (Jojxfl/s n]vg tyf ;Dkfbg _ / Eng. Ed.(Literature for Language Development )/ Math. Ed. (Adv. Calculus)/ Sc. Ed. (Physics IV) / HP. Ed. (Sports Training in Physical Edu.)/ Pop. Ed. (Project Work & Seminar on Pop.Edu.)/ Geo. Ed. (Geographic Techniques) / Eco. Ed. (Population Economics) / Hist. Ed. Research Methodology in Hist.& Hist. Writing / Pol. Sc. Ed. (Election Politics in Nepal) / Ed. PM. (Social Justice Edu.)
2077/01/24 Minor Subjects Code No.449 Nep. Ed. ( Jojxfl/s n]vg tyf ;Dkfbg _  / Eng. Ed. (Literature for Language Development ) / Math. Ed. (Algebra) / Sc. Ed. (Animal Science IV)/ P. Ed. (Sports Training in Physical Edu.)/ Pop. Ed. (Project Work & Seminar on Pop.Edu.)/ Geo. Ed. (Geo. of Environment Hazard & Disaster Mgmt.) / Eco. Ed. (Population Economics) / Pol. Sc. Ed. (Election Politics of Nepal) / Ed.PM (School Mgmt. Practices)
2077/01/28 Minor Subjects / Code No. 448 Sc. Ed. (Plant Science IV) / H. Ed. (School Health Program & Community Health Survey)

यसै कार्यक्रमानुसार ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुटेकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरुलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७६ चैत १८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७६ चैत १९ गते भित्र आवश्यक प्रक्रिया पुरागरि परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरीएको छ ।

द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।

२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 

३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।

४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 

५.परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिएर मात्र प्रयोग गर्नुपर्नेछ । 

६. परीक्षा केन्द्रहरुले सैद्धान्तिक परीक्षा सकिएको एक हप्ता भित्र (काठमाण्डौ उपत्मका बाहेक) उत्तरपुस्तिकाहरु र हाजिरी बिबरण तथा एक महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उत्तरपुस्तिकाहरु तथा हाजिरी बिबरण अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 

७. परीक्षा भवनभित्र मोबाइल फोन, स्मार्ट वाच, व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछै ।  अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ । 

८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 

९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।

१०. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत: रद्द हुनेछ ।

 मितिः २०७६/११/२३                                                                                 

Shaheed Smriti Multiple Campus

Contact

Phone:  (977) 56-560147
Address: Ratnanagar, Chitwan, Nepal
powered by: Dream Tech Nepal (P) Ltd.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram