Wednesday 8th May 2024

Notice

Jan 21, 2020
posted by: SSMC Chitwan

स्नातकोत्तर तह प्रथम वर्ष आंशिक तथा मौकाको परीक्षा फर्म भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुरुप शैक्षिक वर्ष २०७६ सालमा संचालन हुने स्नातकोत्तर तह प्रथम बर्षकोे मानविकी, ब्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फको आंशिक र मौका समेतको परीक्षा फाराम यही २०७६ साल माघ १३ गते भित्रभरिसक्नु पर्ने भएकाले सम्वन्धित विद्यार्थीहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै मौका परीक्षार्थीहरुको हकमा २०६२ सालमा प्रथम वर्षमा क्याम्पसमा भर्ना भई २०६३ सालमा पहिलो पटक प्रथम वर्षको परीक्षा दिइ ६ वर्ष नाघि उत्र्तीण हुन नसकेका विद्यार्थीहरुले समेत मौका परीक्षा फर्म भर्न सक्नेछन् मौकाको हकमा नियमित परीक्षा दिएको पहिलो पटकको सक्कल लब्धाङ्क पत्रको फोटोकपी परीक्षा आवेदन फारम साथै पेस गर्नु पर्ने छ । समयभित्र फर्म भर्न छुट हुन गएमा क्याम्पस जवाफदेही नहुने ब्यहोरा समेत जानकारी गराईन्छ ।

परीक्षा फर्म भर्दा ध्यान दिनु पर्ने कुराहरु

१) क्याम्पसमा वुझाउनु पर्ने सम्पूर्ण शुल्क वुझाउनु पर्ने छ ।
२) परीक्षा शुल्क वापत आंशिक विद्यार्थीहरुले रु.१,५००।– र मौका विद्यार्थीहरुले रु ३,००० ।– बुझाउनु पर्ने छ ।
३) स्नातकोत्तर तह प्रथम वर्ष शिक्षाशास्त्र अन्तर्गत प्रयोगात्मक विषयहरु वापत प्रती विषय रु १,०००।– बुझाउनु पर्ने छ ।
४) परीक्षा फर्म भर्दा विद्यार्थीहरुले एस.एल.सी.,+२ तथा स्नातक तह उतीर्ण गरेको साल र सिम्वोल नं. अनिवार्य रुपमा लेख्नु पर्ने छ ।
५) परीक्षा आबेदन फारम भर्नका लागि कार्यालयको पोशाक वाहेक साधारण पोशाकमा हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्ने छ ।
६) परीक्षार्थीले परीक्षा फर्म भर्नु पूर्वनै अनिवार्य रुपमा त्रि.बि रजिष्ट्रेशन फर्म भरी सकेको हुनु पर्ने छ । त्रि.बि रजिष्ट्रेशन नम्वर परीक्षा आवेदन फर्ममा अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ ।
७) त्रि.वि वाहेक अन्य वोर्डबाट स्नातक तह उत्र्तीण गरेका विद्यार्थीहरुलाई परीक्षा शुल्क वापत दोब्वर शुल्क लाग्ने छ ।
८) परीक्षा फर्म विद्यार्थी स्वयंले भरेर परीक्षा शाखामा वुझाउनु पर्नेछ अन्यथा क्याम्पस प्रसासन जवाफदेही हुने छैन ।

क्याम्पस प्रमुख

                                                                                               

Shaheed Smriti Multiple Campus

Contact

Phone:  (977) 56-560147
Address: Ratnanagar, Chitwan, Nepal
powered by: Dream Tech Nepal (P) Ltd.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram