Friday 29th March 2024

Notice

Feb 16, 2020
posted by: SSMC Chitwan

स्नातक तह तेस्रोवर्ष नियमित,आंशिक र मौकापरीक्षाको परीक्षाफर्म भर्ने सूचना

मितीः–२०७६/११/०३

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा संचालन हुने ३/४ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने मानविकी,ब्यवस्थापन, शिक्षाशास्त्र तथा विज्ञान संकाय नियमित तथा आंशिक र तीन वर्षे विद्यार्थीहरुको समयसिमा नाघेको हकमा एकपटकको लागी मौका परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले वार्षिक परीक्षाफर्म यही २०७६ साल फागुन २० गते भित्र भरिसक्नु पर्ने भएकाले सम्वन्धित विद्यार्थीहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । समयभित्र फर्म भर्न छुट हुन गएमा क्याम्पस प्रशासन जवाफदेही नहुने ब्यहोरा समेत जानकारी गराईन्छ ।
परीक्षा फर्म भर्दा पालना गर्नुपर्ने सर्तहरु
-२०७७ साल असार मसान्त सम्मको क्यम्पसमा तिर्नुपर्ने सम्पूर्ण मासिक शुल्क सहित पुरानो दाहित्व भएमा सम्पुर्ण दाहित्व वुझाउनु पर्ने छ ।
-परीक्षा शुल्क वापत नियामित विद्यार्थीहरुले रु. १,०००।– र आंशिक विद्यार्थीहरुले रु १,१०० बुझाउनु पर्ने छ ।
-शिक्षाशास्त्र अन्तर्गत ४ वर्षे नियामितMajor (English,Math,HPED) and Minor (Population) विषयकोे रु २००० रMajor (Nepali) and Minor (Population) विषयको रु १००० र विज्ञान संकाय अन्र्तगत Physics/ Biology दुवै समुहका लागी थप रु १,४०० थप प्रयोगात्मक शुल्क बुझाउनु पर्ने छ ।
-शिक्षाशास्त्र अन्तर्गत ३ वर्षे आंशिक विद्यार्थीहरुले अभ्यास शिक्षण शुल्क वापत रु १,०००।–, समुदाय स्वास्थ्य सर्वेक्षण विषय लिएका विद्यार्थीहरुको रु १,०००।– र नियामित मानविकी सङ्कायका विद्यार्थीहरुले रु ३०००।– शुल्क बुझाउनु पर्ने छ ।
-स्नातह तह तेस्रो वर्षका नियामित विद्यार्थीहरुले त्रि.वि. सेवा शुल्क वापत ३५०।– बुझाउनु पर्ने छ
-परीक्षार्थीहरुले एस.एल.सी.र +२ तहको सिम्वोल नं. अनिवार्य रुपमा परीक्षा फर्ममा भर्नु पर्ने छ ।
-नियमित विद्यार्थीहरुले २०७४ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएको सिम्वोल नम्वर र आंशिक ले प्रथम पटक प्रथम वर्षको परीक्षा दिएको सिम्वोल नं. र वर्ष अनिवार्य परीक्षा फर्मको सिरमा लेख्नु पर्ने छ ।
-साधरण पोशाकमा हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने छ ।
-नेपाल परीक्षा वोर्ड वाहेक अन्य वाट +२ उत्र्तीण गरेकाको हकमा परीक्षा शुल्क वापत दोब्वर शुल्क लाग्ने छ ।
पूनश्चः–परीक्षा फर्म विद्यार्थी स्वयंले भरी एस.एल.सी.,+२ र स्नातक तह उतीर्ण गरेको मार्कसिट, चरित्र प्रमाणपत्रको सक्कल प्रति र मार्कसिट सहित क्याम्पस प्रशासनमा परीक्षा फर्म रुजु गराए पश्चात परीक्षा शाखामा वुभmाउनु पर्ने छ ।
………………. क्याम्पस प्रमुख

Shaheed Smriti Multiple Campus

Contact

Phone:  (977) 56-560147
Address: Ratnanagar, Chitwan, Nepal
powered by: Dream Tech Nepal (P) Ltd.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram