Skip to content
Updates
Campus Event

माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित द्वारा क्याम्पस अनुगमन कार्यक्रम

Event Date: July 17, 2026

आज मिति २०८३ साल असार ३२ गते हाम्रो क्याम्पसमा माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ज्यू र माननीय राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकाल ज्यू को विशेष उपस्थितिमा अनुगमन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

​”गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तन : समृद्ध देशको पहिचान” भन्ने मूल नाराका साथ क्याम्पस सभाहलमा आयोजित यस कार्यक्रमले क्याम्पसको समग्र विकास र शैक्षिक स्तरोन्नतिका लागि नयाँ उर्जा थपेको छ।

​कार्यक्रमलाई सफल बनाउनुहुने सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थी मित्रहरूमा हार्दिक धन्यवाद!